नियम ७
केन्द्रीय समितिको काम, कर्तव्य र अधिकार
केन्द्रीय समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) कोषको रकमबाट गरिने योगदानको क्षेत्र पहिचान गर्ने,
(ख) कोषको रकमबाट गरिने योगदानका सम्बन्धमा आवश्यक नीति निर्माण गर्ने,
(ग) कोषको वार्षिक बजेट, योजना तथा कार्यक्रम स्वीकृत गर्ने,
(घ) कर्मचारी योगदान कार्यक्रम सञ्चालन गर्ने वा गराउने,
(ङ) जिल्ला समितिलाई आवश्यक निर्देशन दिने,
(च) कोषबाट जिल्ला समितिलाई आवश्यकता अनुसार रकम निकासा दिने,
(छ) कोषको हिसाव किताव अद्यावधिक राख्ने,
(ज) कोषसंग सम्बन्धित अन्य आवश्यक काम गर्ने ।